पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार १७० जना कोरोना संक्रमित, ८ सय ७९ जना डिस्चार्ज
काठमाडौँ, २९ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार १७० जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५७६ सय पुगेको छ ।
त्यसैगरी शून्य संक्रमितहरू रहेका जिल्ला ७ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ७ वटा छन् ।
देशभरका क्वारेनटिनमा ६ हजार ८९२ जना रहेका छन् । होम क्यारेनटिनमा ७ हजार २७५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन् । आइसीयूमा १७९ जना र भेन्टीलेटरमा २९ जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]