गण्डकी प्रदेशमा थपिए ३९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३ हजार नाघ्यो


पोखरा, २९ भदौ । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका १७ जना, वागलुङका २ जना, तनहुँका ११ र जना, ९ जना छन् ।

बाग्लुङका दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बसेका छ्न् । कास्की पोखरा महानगरपालिका -४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन्,  कास्की पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका छन्, पोखरा महानगरपालिका ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् भने अन्य सबै contact tracing बाट पहिचान भएका हुन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *