चितवन र धरानमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु

0
Shares

काठमाडौँ, २९ भदौ । आइतबार राती चितवन र धरानमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा ६२ बर्षीया महिला र धरानमा ४० बर्षीय पुरुषको मृत्यु भएको हो ।

प्राप्त विवरण अनुसार चितवन मेडिकल कलेजमा उपचाररत गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको आइतबार राती ११ ३० बजे मृत्यु भएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

उता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ४० बर्षीय पुरुषको मृत्यु भएको छ । धनपालथान ६ मोरङ घर भएका ती पुरुषको आइतबार राती ८ : ४५ बजे मृत्यु भएको हो । उनलाई २६ भदौमा कोरोना पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *