काठमाडौँका ६ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

4
Share


काठमाडौँ, २८ भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँका ६ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ३ महिला र ६ जना पुरुष छन् ।

मृत्यु हुनेमा काठमाडौँको २ जना ६५/ ६५ वर्षीया, मोरङको ६९ वर्षीया महिला, काठमाडौँकै ५९, ७०, ६४, ५९ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ५९ वर्षीय र कास्कीको ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार १७३ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

त्यसैगरी देशभरका क्वारेनटिनमा ६ हजार ५३६ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ३८७ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् । आइसीयूमा १६९ जना र भेन्टीलेटरमा २३ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *