उपत्यकाका ५ सहित थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

0
Shares

काठमाडौँ, २७ भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका ५ सहित थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ३ महिला र ११ जना पुरुष छन् ।

मृत्यु हुनेमा काठमाडौँको ७६ वर्षीया, पर्साको ७८ वर्षीया, तनहुँको ७६ वर्षीया महिला, काठमाडौँका ५१ र ५४ वर्षीय ,सुनसरीका ४३ वर्षीय, भक्तपुरका ७२ र ३८ वर्षीय, चितवनका ६१ वर्षीय, स्याङ्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय, कास्कीका ५१ वार्षीय र रुपन्देहीका ६० र ४० वर्षीय पुरषको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २०१जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप ८५२ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *