काठमाडौँ उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण
काठमाडौँ, २७ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३७७ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना गरी कुल ३७७ जनामा कोरोना संक्रमण देखा परेको हो ।
त्यसो त देशभर चौविस घण्टामा गरिएको १० हजार १७६ पीसीआर परीक्षणमा १ हजार २०१ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ८५२ जना कोरोना मुक्त भएका छन् ।
कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका १६० जना आइसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




