पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

0
Shares


काठमाडौँ, २६ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चौबिस घण्टामा १ महिला र ४ जना पुरुष गरी थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको छ ।

मृत्यु हुनेमा काठमाडौँका ७० वर्षीय, नवलपरासीका ५५ वर्षीय, धनुषाका ४५ वर्षीय, महोत्तरीका ६५ वर्षीय पुरुष र मोरङको ४० वर्षीया महिला हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप ९७२ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *