काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण
काठमाडौँ, २५ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या एकै दिन उपत्यकामा देखिएको सबै भन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा ४९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना गरी कुल ५७२ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकाका जारी निषेधाज्ञा खुकुलो भएकै दिन अहिलेसम्मकै बढी संख्यामा संक्रमित फेला परेका हुन् ।
पछिल्लो चौविस घन्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




