काठमाडौँका ३ सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

0
Shares


काठमाडौँ, २५ भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँका ३ सहित देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चौबिस घण्टामा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको छ ।

मृत्यु हुनेमा १ जना महिला र ४ जना पुरुष गरी थप ५ जना हुन् । जसमा काठमाडौँको ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय र कपिलबस्तुका २९ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार ८१८ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *