गण्डकी प्रदेशमा थपिए ४९ जना कोरोना संक्रमित


पोखरा,२५ भदौ ।  गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १९ जना, बागलुङका ९जना , १ जना, तनहुँका ३ जना, स्याङ्जाका १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ५ जना छन् ।

कास्कीको पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन भने वडा नं. ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत छन्। पोखरा महानगरपालिका १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष पर्वतमै नेपाल प्रहरीमा कार्यरत छन्। पर्वतमा कार्यरत ती प्रहरी हालै मात्र काठमाडौबाट सरुवा भई आएका हुन्। बागलुङको जैमिनीका ५१ बर्षिया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन्। बाँकी सबै सङ्क्रमितहरू विदेशबाट आएर क्वारेनटाइनमा बसेकाहरू हुन्।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७२८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *