काठमाडौँका २ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो

काठमाडौँ, २४ भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँका २ सहित देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष गरी थप ६ जना हुन् । जसमा काठमाडौँको ८३ वर्षीया, कास्कीको ७३ वर्षीया, बाँकेको ८० वार्षीया महिला र काठमाडौँकै ६७ वर्षीय नवलपरासीको ६४ वर्षीय र अर्घाखाँचीको ४२ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप ९१८ जना कोरोना जितेर घर फर्किएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *