गोरखामा थपिए १० जना कोरोना संक्रमित

0
Shares


कास्की, २३ भदौ । गण्डकी प्रदेशको गोरखा जिल्लामा थप  १० जना कोरोना भाइरस (कोभिड – १९) का संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशामा गरिएको नमुना परिक्षणमा गोरखाका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा २  महिला र ८ जना पुरुष छन् ।

उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ ।  साथै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणको संकास्पद व्यक्तिहरुले आफ्नो नमुना परिक्षणका लागि स्वाब संकलन गरेपछि त्यसको रिपोर्ट नआउन्जेलसम्म घरमै बसिदिन पनि अनुरोध गरेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६६० पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *