गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

0
Shares


पोखरा,२३ भदौ । एक चिकित्सक र २ नर्स सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

भरतपुर अस्पताल चितवन, चितवन मेडिकल कलेज चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीमा ५ जना नवलपरासीका ६ जनामा संक्रमण देखिएको छ । जसमा ४ महिला र ७ जना पुरुष छन् ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६१२ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *