बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बुटवल, १९ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




