भैरहवामा ६५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

0
Shares

बुटवल, १७ भदौ ।  भैरहवास्थित भीम अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नवलपरासी पश्चिमस्थित रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।

गत भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख डा राजेन्द्र गिरीले बताए ।

ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो । उनमा मधुमेह तथा उच्चरक्तचापको समस्या समेत रहेको डा गिरीले जानकारी दिए ।

कोभिड–१९ फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार ५ वटा आइसियू बेड रहेको भीम अस्पतालमा ४ जना आइसियुमा उपचाररत छन् । अन्य १७ जना आइसोलेसन बेडमा छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *