काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, ८ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी कुल २२४ जनामा संक्रमण भएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा देशभर २४६ महिला र ४९७ जना पुरुष गरी कुल ७४३ जना थप कोरोना संक्रमण देखिएको बताए । उनले आईसीयूमा उपचाररत संक्रमितको संख्या १३८ जना र भेन्टिलेटरमा १५ जना संक्रमितको उपचार भइरहेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *