काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, ६ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना गरी २१६ जनामा संक्रमण देखिएको बताए ।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणमा पर्नेको संख्या बढेको छ । त्यसलाई व्यवस्थित गर्न सरकारले कम्तिमा ६ हजार बेड आइसोलेसन बनाउने निर्णय समेत गरेको छ । त्यस्तै लक्षण नभएकालाई अस्पतालमा नराखी होम तथा संस्थागत आइसोलेसनमा राख्न समेत अनुरोध गरेको छ ।

डा गौतमले पछिल्लो चौविस घण्टामा देशभर १८२ जना महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना संक्रमण देखिएको बताए । यहि अवधीमा कोरोना जितेर १३६ जना डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *