देशभर थपिए ८३८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३० हजार ४८३

0
Shares

काठमाडौँ, ५ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ८३८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८३८ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १८ हजार २१४ सय पुगेको छ ।

देशभरका क्वारेनटिनमा १२ हजार २३४ जना रहेका छन् । त्यसैगरी होम क्वारेनटिनमा ३ हजार ५८६जना छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  १३७ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *