पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

0
Shares

काठमाडौँ, ५ भदौ । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुबैको शुक्रबार (आज) विहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा एक जना दोलखा निवासी ३० बर्षीया महिला हुन् । गत २ भदौमा अस्पताल भर्ना भएकी महिलाको ४ : ४५ बजे मृत्यु भएको हो ।

यस्तै सोही अस्पतालमा गत साउन ३१ गतेबाट उपचार गराईरहेका सर्लाही मलंगवा निवासी ४६ बर्षिय पुरुषको पनि आज विहान ५ : ५० बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले मृत्यु हुने दुबै जना आइसीयूमा गम्भीर अवस्थामा उपचाररत व्यक्ति भएको जानकारी पाएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *