गण्डकी प्रदेशमा थपिए ९ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, ३२ साउन । गण्डकी प्रदेशको कास्की जिल्लामा आज थप ९ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्की महानगरपालिकाका ५ जना र तनहुँका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ३ महिला र ५ जना पुरुष रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *