कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत थप एकको मृत्यु

0
Shares


काठमाडौँ, २३ साउन । नेपालमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार राती मृत्यु भएको हो। उनका अनुसार ती पुरुषलाई कोरोना पुष्टी भएपछि साउन १७ गते स्टार अस्पतालबाट पाटन अस्पताल रेफर गरिएको थियो।

उपचारका क्रममा मृत्यु भएका उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।  यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *