कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ६६ पुग्यो

काठमाडौँ, २३ साउन । नेपालमा कोरोना संक्रमणबाट थप एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिकाका १२ का २१ बर्षीय पुरुष हुन् । उनको बिहीवार राति मृत्यु भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उनी मिर्गौलाका बिरामी भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए। नियमित डायलासिस समेत गराउँदै आएका उनी केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको शव सिरहा ल्याउन तयारी भइरहेको छ । दाह संस्कार नेपाली सेनाले गर्नेछ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



