कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ६६ पुग्यो

काठमाडौँ, २३ साउन । नेपालमा कोरोना संक्रमणबाट थप एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिकाका १२ का २१ बर्षीय पुरुष हुन् ।  उनको बिहीवार राति मृत्यु भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उनी मिर्गौलाका बिरामी भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए। नियमित डायलासिस समेत गराउँदै आएका उनी केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको शव सिरहा ल्याउन तयारी भइरहेको छ ।  दाह संस्कार नेपाली सेनाले गर्नेछ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *