कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण

0
Shares


सुर्खेत, १२ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा भएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित सुर्खेतका १ जना दैलेखका २८ र सल्यानका २ जना हुन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ९१० पुगेको छ ।

त्यसैगरी कर्णालीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ६५८ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *