चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधी पुस मसान्तसम्म थप्न निर्देशन

8
Shares

काठमाडौँ,  ३१ असार ।  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९)को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधी पुस मसान्तसम्म लम्व्याउन निर्देशन दिएको छ ।

गत २९ असारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले करार अवधी थप गर्न निर्देशन दिएको हो ।

कोभिड – १९ को नियन्त्रण रोकथाम र उपचारका लागि विभिन्न अस्पतालहरुले चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशाला सम्वन्धी प्राविधिकहरु करार सेवा लिएका थिए । उनीहरुको करार अवधी असार मसान्त (आज) सकिदैछ ।

मन्त्रालयले १६ वटा संघीय अस्पताललाई लेखेको निर्देशनात्मक पत्रमा आर्थिक दायित्व सुनिश्चितता गरेर मात्र करार अवधिलाई निरन्तरता दिन भनिएको छ । देशमा कोभिड -१९ को संक्रमण बढ्दै जाँदा विभिन्न अस्पतालहरुले ठूलो संख्यामा करारका कर्मचारीहरु भर्ना गरी सेवा दिइरहेका छन् ।


 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *