कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

8
Shares


सुर्खेत, ८ असार । कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण देखिएका ५ जनालाई आईसोलेसनमा राखिएको छ । यसअघि पनि सुर्खेतकै चिङ्गाड गाँउपालिका दुईजना स्वाथ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *