नेपाल मेडिकल कलेज : सम्झौँता भयो तर रोकिएन आन्दोलन

काठमाडौँ, २५ जेठ । जारी आन्दोलन स्थगित गरिने छ भनेर चिकित्सकहरुको चारवटा संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्झौँता गरेको चार दिन दिन पुग्यो तर जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भने त्यसको कुनै प्रभाव परेको छैन् । विगत ११ दिन देखि शुरु भएको आन्दोलन अहिले पनि जारी छ ।

लापरवाहीको आरोपमा सहकर्मीहरुमाथि गरिएको आक्रमणको विरोधमा उनीहरु गत १४ जेठ देखि आन्दोलनमा छन् । जारी आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् ।

नेपाल मेडिकल कलेज संघर्ष समितिको नाममा आइतबार जारी विज्ञप्तीमा संयोजक डा गुन्जन खड्का, सचिव डा सुम्निमा मैनाली र प्रवक्ता डा प्रणव नेपाल फिले हस्ताक्षर गरेका छन् । उनीहरुले आफूहरुको माग चिकित्सकको पेशागत सुरक्षा, जेल वीथ आउट वेल, आक्रमण गर्ने माथि तत्काल छानवीन गरि कारवाही गर्नुपर्ने लगायतका माग राखेका छन् । उनीहरुले वैज्ञानिक पारिश्रमिक, एकवर्षे अनुभव विना पीजी इन्टान्समा सहभागी हुन नमिल्ने नियमको खारेजी जस्ता पेशागत तथा शैक्षिक माग समेत उठाएका छन् । कोभिड १९ महामारीको बीचमा आन्दोलन गरेका उनीहरुले फिवर क्लिनिक, आकस्मिक सेवा र सर्जिकल सेवाहरुलाई निरन्तरता दिएको स्पष्ट पारेका छन् ।

‘हाम्रा माग असाध्यै साधारण छन् । सरकारले चाहेको खण्डमा तत्काल पुरा हुनसक्छ । तर माग पुरा गर्ने विषयमा वेवास्ता गरिरहेको छ । उधारो आश्वासनमा भुलाउन खोजेको छ । यसमा हामीले असहमति जनाउँदै आन्दोलन जारी राखेका हौँ ,’ संयोजक डा. गुन्जन खड्काले भने ।

‘ यो आन्दोलनले चार दिन अघि नै चिकित्सकहरुको चारवटा समूहले स्वास्थ्य मन्त्रालयसंग गरेको पाँच बुधे सम्झौँता उल्लंघन भएर नर ?’ भन्ने प्रश्नमा डा खड्काले आफूहरु सो बार्तामा कुरा नमिलेर बाहिरिईसकेपछि भएको सम्झौँता भन्दै त्यसमा टिप्पणी गर्न नचाहेको बताए ।

चार दिन अघि रेजिडेन्ट एशोसिएसन अफ केयुबाट डा तोसीमा कार्की, रेसिडेन्ट एशोसिएसन आफ न्याम्सको तर्फबाट डा प्रकाश, नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन र नेपाल मेडिकल काउन्सिलको तर्फबाट डा कालुसिंह खत्री र मन्त्रालयका तर्फबाट सहसचिव रघुराम विष्टले हस्ताक्षर गरी आन्दोलन टुंगिएको घोषणा गरेका थिए ।

डा खड्काले पीडीत पक्ष आफूहरु रहेको भन्दै आफूहरु विनाको बार्ता र सम्झौँताको जिम्मेवारी आफूले नलिने स्पष्ट पारे ।

मन्त्रालयका सहसचिव विष्टले चारवटा समूहको ध्यानाकर्षण पत्र आफूले पाएको र तत्कालै बार्ता बसी सो समूहसंग सम्झौँता गरेको भन्दै अब को मुख्य को सहायक भन्ने आफूलाई थाह नभएको प्रतिक्रिया दिए । ‘हामीले त जो जो ले सरकारको ध्यानाकर्षण गराई आन्दोलनमा छौँ भन्नु भएको थियो । उहाँहरुलाई बार्तामा बोलाई सहमति गर्यौँ जस्तो लागेको थियो । आन्दोलन जारी छ भने त म के भनौँ । सम्झौँतबाट नै पछि हट्नु भयो,’ उनले भने ।

यसैबीच बौद्य प्रहरीले कलेजको सिसिटीभी फुटेज डिलिट गरेको आरोपमा कलेजसम्वन्ध दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ । चिकित्सकहरुले सीसीटीभी फुटेज हटाउनेलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने बताउँदै आएका थिए ।

गत १४ जेठका दिन ५४ वर्षकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि उनका आफन्तहरुले लापरवाहीको आरोप लगाउँदै उपचारमा सम्लग्न चिकित्सकमाथि मुक्का प्रहार गरेका थिए । त्यसपछि चिकित्सकहरु आन्दोलिन तभएका हुन् ।

चिकित्सकको चारवटा समूह र स्वास्थ्य मन्त्रालयबीच भएको पाँच बुँदे सम्झौँता :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *