प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने

0
Shares


विराटनगर, १० जेठ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ(नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ ।

सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम हुन नदिन पनि सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो ।

सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *