डा. तारानाथ पौडेलले भ्रष्टाचार गरेको ठहर

काठमाडौँ, २२ फागुन ।  विशेष अदालत काठमाडौँले एक लाख घुस सहित रंगेहात पक्राउ परेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तत्कालिन प्रमुख डा तारानाथ पौडेललाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्धय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजालासले बुधबार पौडेलले एक लाख घुस लिएर भ्रष्टाचार गरेको ठहर गरेको हो ।

यो संगै अदालतले डा पौडेललाई एक लाख रुपैयाँ जरिवाना र ४ महिना कैद फैसला सुनाएको छ ।

स्वास्थ्य सेवा तर्फबाट एघारौँ तहका डा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ मंसिर २०७५ का दिन एक लाख घुस सहित पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरेको थियो ।

डा पौडेलले लोक सेवा आयोगमा उत्तीर्ण गराईदिने भन्दै एक परीक्षार्थीसंग एक लाख घुस लिएको आरोप लगाएको थियो । अख्तियारले ३ पुस २०७५मा एक लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) बमोजिम सजाय मागदावी गरी आरोप पत्र दायर गरेको थियो ।

भ्रष्टाचार गरेको ठहर गरेसंगै पौडेलको जागिर, पेन्सन र अन्य सुविधा पनि गएको छ । यद्धपी उनले यो मुद्धामा सर्बोच्चमा पुनारावेदन गर्न सक्ने मौका भने जिवितै रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *