छात्रबृत्तिमा अध्ययन् गरेका विशेषज्ञ चिकित्सक खटाइएको ठाँउमा गएनन्, सरकारले दियो ५ दिनको अल्टिमेटम

2.7k
Shares

काठमाडौँ, २१ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कबुलियत बमोजिम खटाइएको अस्पतालमा नगएका छात्रबृत्तिका विशेषज्ञ चिकित्सकलाई पाँच दिन भित्र गएर हाजिर हुन भनेको छ । उसले पाँच दिन भित्र हाजिर हुन नगए लगानी असुलउपर गर्ने तर्फको कार्वाही अघि बढाउने चेतावनी दिएको छ ।

सरकारी छात्रबृत्तिमा अध्ययन गर्ने चिकित्सकले अध्यय्न पश्चात सरकारले खटाएको अस्पतालमा गएर दुई वर्ष सेवा गर्छु भनि कवुलियत गर्नुपर्छ । तर कतिपय चिकित्सकहरु आफैले गरेको कबुलियतविरुद्ध हुने गरी अध्ययन पश्चात खटाएको ठाउँमा नजाने गरेका छन् ।

मन्त्रालयले आज जारी गरेको सूचनामा सरकारी छात्रबृत्तिमा त्रिवि अन्तरगर्तको महाराजगञ्ज मेडिकल क्याम्पस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडीएमएस एमडीएस डीएम एमसीएच अध्ययन गरेका चिकित्सकहरुलाई पाँच दिन भित्र खटाएको अस्पतालमा जान भनिएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले छात्रबृत्तिमा अध्ययन् गर्ने तर खटाएको ठाउँमा नजानेगरेका कतिपय उजुरी आएको र मन्त्रालयले समेत खोजविन गर्दा त्यस्तो पाईएपछि यो सूचना जारी गर्नुपरेको बताए । उनले पाँच दिन भित्र नगए छात्रबृत्तिमा सरकारले गरकारले गरेको लगानी असुल गर्ने योजना रहेको बताए ।

सूचना यस्तो छ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *