प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

560
Shares

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने भएको छ । यो उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो ।

प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा नै हुनेछ । यसका लागि उनी भोलि नै अस्पतालमा भर्ना हुनेछन् ।

आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे सुनाएका थिए ।

१२ बर्ष अघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको गतवर्ष देखि नै मिर्गौलामा समस्या देखिएको थियो ।

पछिल्लो पटक उनी गत १२ कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा पुगेर स्वास्थ्य जाँच गर्दा रगतमा क्रियाटिनिनको मात्रा अत्यधिक बढी भएपछि डायालासिस गराएका थिए । त्यसयता नियमित रुपमा डायलासिस गराउँदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *