गायक बने डाक्टर बुद्धिमान (भिडियो सहित)

14.9k
Shares

काठमाडौँ, १७ फागुन । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान श्रेष्ठ गायक बनेका छन् । उनले चर्चित गायिका मेलिना राईसंग युगल गीत गाएका छन् ।

रेलले तान्यो र !
बैगुनि छौ भन्ने कसले जान्यो र !! 

बोलको गीतमा शब्द संगित बादल घिमिरेको छ । गीतको भिडियोमा केकी अधिकारी र सागर लम्साल बले अभिनय देख्न सकिन्छ ।

यसैबीच शुक्रबार कान्तिपुर डेन्टल कलेजमा एक औपचारिक कार्यक्रम गरी गीत तथा भिडियोको लोकार्पण भएको छ ।

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी, पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतको  लगायतको उपस्थितिमा गीत तथा भिडियोको लोकार्पण भएको हो ।

चिकित्सा कर्म र व्यावसाय संलग्न डा. श्रेष्ठले गीत लोकापर्ण कार्यक्रममा आफ्नो गायन सोखका बारेमा जानकारी समेत दिएका थिए । उनले भने, ‘मैले स्कूल पढ्दाताका कार्यक्रमहरुमो गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव छ । तर, व्यवसायिक रुपमा गीत रेकर्ड गराएको भने थिईन । यो मेरो पहिलो रेकर्ड भएको गीत हो,’ उनले भने ।

सो गीतमा कृष्ण भान्जाको म्युजिक एरेन्जमेन्ट रहेको छ भने श्यावश्वेत रसाइलीले मिक्सिङ गरेका छन् ।

हेरौँ गीतको भिडियो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *