साग प्रतियोगितामा डेन्टल सेवा दिन केडीसी टोली

932
Shares

काठमाडौँ, १६ मंसिर । हिजो देखि आरम्भ भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा डेन्टल सर्भिसको जिम्मेवारी बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी)ले पाएको छ ।

सागका लागि केडीसीले मोवाइल डेन्टल भ्यान सहितको चिकित्सकको टोली दशरथ रंगशालामा रहेको छ ।

सो टोलीले सागमा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको मुख तथा दन्त उपचार सेवा प्रदान गर्नेछ ।
यस्ता प्रतियोगितामा मेडिकल टिम त हुने नै भयो यसपटक डेन्टल टीम पनि रहेको छ । त्यसको जिम्मेवारी हामीले लिएका छौँ । केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

केडीसीले भ्यानका साथमा डेन्टल सर्जन डा. हरिप्रसाद ओली, डा. कृति राई, डा. सृष्टि नापित, डेन्टल हाइजनिस्ट डीएच भण्डारी लगायत सात जनाको टोली खटाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *