साग प्रतियोगितामा डेन्टल सेवा दिन केडीसी टोली

काठमाडौँ, १६ मंसिर । हिजो देखि आरम्भ भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा डेन्टल सर्भिसको जिम्मेवारी बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी)ले पाएको छ ।

सागका लागि केडीसीले मोवाइल डेन्टल भ्यान सहितको चिकित्सकको टोली दशरथ रंगशालामा रहेको छ ।

सो टोलीले सागमा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको मुख तथा दन्त उपचार सेवा प्रदान गर्नेछ ।
यस्ता प्रतियोगितामा मेडिकल टिम त हुने नै भयो यसपटक डेन्टल टीम पनि रहेको छ । त्यसको जिम्मेवारी हामीले लिएका छौँ । केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

केडीसीले भ्यानका साथमा डेन्टल सर्जन डा. हरिप्रसाद ओली, डा. कृति राई, डा. सृष्टि नापित, डेन्टल हाइजनिस्ट डीएच भण्डारी लगायत सात जनाको टोली खटाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *