निजी मेडिकल कलेजको पत्र पछि गृहमन्त्रीले डाके आकस्मिक बैठक

काठमाडौँ, १० मंसिर । निजी मेडिकल कलेजको विषयमा थप निर्णय गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी लगायतका पदाधिकारीहरु सहभागी छन् ।

अतिरिक्त शुल्कको विषयमा आज अपरान्ह निजी मेडिकल कलेजका सञ्चालकहरुले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको पत्र सन्तोषजनक नभएको भन्दै सरकार थप कदम कसरी चाल्ने भन्ने विषयमा बैठक केन्द्रीत भएको बुझिएको छ ।

यसअघि शिक्षा मन्त्री पोखरेलले निजी मेडिकल कलेजको पत्र गोलमटोल भाषामा आएको भन्दै सरकार सन्तुष्ठ नभएको बताएका थिए । मन्त्रीको प्रतिक्रियापछि मेडिकल कलेज सञ्चालकहरु थप आन्तरिक छलफल गरी आउँछौँ भन्दै शिक्षा मन्त्रालयबाट बाहिरिएको शिक्षा मन्त्रीका सहयोगी विनोद न्यौपानेले बताए ।

उता आन्दोलनरत विद्यार्थीहरुले भने निजी मेडिकल कलेजले सरकारको निर्देशन नमानेको भन्दै थप आन्दोलन चर्काउने बताएका छन् । उनीहरुले निजी मेडिकल कलेज सरकारी करण गर्न समेत आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *