प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी पुगे

308
Shares

काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ । उनको त्यहाँ आजै नियमित डायलासिस समेत शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य परीक्षणका लागि ओली ग्राण्डी पुगेको र आजै फर्कने जानकारी दिएका छन् ।

उता निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको हेमोडायलासिस शुरु भएको बताएकी छन् । मिर्गौैला प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीको हेमो डायलासिस भएको यो चौथो पटक हो ।

यसअघि गत कात्तिक १२, १३ र ३० गते ग्राण्डीमै हेमोडायालासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ बर्ष अघि भारतरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *