प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी पुगे
काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ । उनको त्यहाँ आजै नियमित डायलासिस समेत शुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य परीक्षणका लागि ओली ग्राण्डी पुगेको र आजै फर्कने जानकारी दिएका छन् ।
उता निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको हेमोडायलासिस शुरु भएको बताएकी छन् । मिर्गौैला प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीको हेमो डायलासिस भएको यो चौथो पटक हो ।
यसअघि गत कात्तिक १२, १३ र ३० गते ग्राण्डीमै हेमोडायालासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ बर्ष अघि भारतरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]