नवनियुक्त स्वास्थ्य मन्त्री ढकाल र राज्यमन्त्री रावतद्वारा पदभार ग्रहण
काठमाडौँ, ५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका भानुभक्त ढकाल र राज्यमन्त्री रावतले पदभार ग्रहण गरेका छन्। ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कानुन मन्त्री रहेका ढकाललाई स्वास्थ्यको जिम्मेवारी दिएका थिए।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रालय परिवर्तन भएपछि ढकाल र राज्यमन्त्री रावतले स्वास्थ्यमा आएर पदभार ग्रहण गरेका हुन्।
राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी थिइन् । विसं २०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि पनि विभिन्न समयमा नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।
सम्पर्क इमेल : [email protected]