नर्सिङ काउन्सिल सदस्य पदका लागि डा शाह, पौडेल र बराल विजयी
काठमाडौँ, २९ भदौ । नेपाल नर्सिङ काउन्सिलको तीन जना सदस्य छनौट गर्न हिजो भएको निर्वाचनमा मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार डा तारा शाह (१४९१ मत), कृष्णकुमारी पौडेल (१२५७ मत) र जीता बराल ( १२१६ मत) विजयी भएका छन् ।
विजयी हुने डा शाह र पौडेल सत्तारुढ दल नेकपा निकट मानिन्छन् । अर्की विजयी सदस्य बराल भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट मानिन्छन् ।
तीन सिटकका लागि भए पनि यसपटक नेकपा र नेकाले प्यानल खडा गरेर निर्वाचन लडेका थिए । तर नेकपा निकटकै दुई जना नर्सले स्वतन्त्र उम्मेद्धारी दिएपछि दुई प्यानलबीच निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको थियो ।
हुनपनि नेकपा सम्वद्ध नर्सहरुको समूहको तर्फबाट उम्मेद्धार बनेकी तुलास अधिकारी ७ मतले पछि पर्दै पराजित हुन पुगिन । उनले १२०९ मत ल्याउँदा विजयी बनेकी जीता बरालले सात मत बढी अर्थात १२१६ मत पाएकी थिइन ।
अरु उम्मेद्धारले भने ४ अंकको भोट ल्याउन सकेनन् ।
नेपाली हेल्थले विहानै निर्वाचित हुन निश्चित भनेर मत सहितको विवरण सार्वजनिक गरिसकेको थियो ।
सम्पर्क इमेल : [email protected]