स्वास्थ्यबाट विदाई भए सचिव थपलिया
काठमाडौं, ४ भदौ । युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया विदाई भएका छन् । आज अपरान्ह स्वास्थ्य मन्त्रालयका कर्मचारीले उनलाई विदाई गरेका हुन् ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले १६ जना सचिवको मन्त्रालय परिवर्तन गर्दा थपलिया पनि परेका थिए । सो बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।
स्रोतका अनुसार बरालले आगामी सोमबारबाट स्वास्थ्यको जिम्मेवारी सम्हाल्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयमा आएको छोटो समयमा थपलियाले धेरै काम अघि बढाएको कर्मचारीहरु बताउँछन् ।
सचिव थपलियाले स्वास्थ्यमा केही कामहरु अघि सारेको भन्दै अव आउने नयाँ सचिवले त्यसलाई निरन्तरता दिने विश्वास गरे ।
सम्पर्क इमेल : [email protected]