स्वास्थ्यबाट विदाई भए सचिव थपलिया

1.1k
Shares

काठमाडौं, ४ भदौ । युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया विदाई भएका छन् । आज अपरान्ह स्वास्थ्य मन्त्रालयका कर्मचारीले उनलाई विदाई गरेका हुन् ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले १६ जना सचिवको मन्त्रालय परिवर्तन गर्दा थपलिया पनि परेका थिए । सो बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

स्रोतका अनुसार बरालले आगामी सोमबारबाट स्वास्थ्यको जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आएको छोटो समयमा थपलियाले धेरै काम अघि बढाएको कर्मचारीहरु बताउँछन् ।

सचिव थपलियाले स्वास्थ्यमा केही कामहरु अघि सारेको भन्दै अव आउने नयाँ सचिवले त्यसलाई निरन्तरता दिने विश्वास गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *