स्थानीयस्तरमा स्यानेटरी प्याड उत्पादनमा जोड

164
Shares


काठमाडौँ, २९ साउन । राष्ट्रियसभा बैठकको आजको विशेष समयमा बोल्दै सांसद दिलकुमारी रावलले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निः शुल्क वितरण गरिने स्यानेटरी प्याड स्थानीयस्तरमा उत्पादनमा ध्यान दिनुपर्ने बताएकी छन् ।

उनले मातृ मृत्युदर घटाउन राष्ट्रपति गर्भवती हवाई उद्धार कार्यक्रम प्रभावकारी भए पनि यसको कार्यविधि संशोधन गर्न आवश्यक रहेको बताइन । सो कार्यक्रमबाट हालसम्म ३२ गर्भवतीको उद्धार भएको छ । पछिल्लो समय नेपालको मातृ मृत्युदरमा उल्लेखनीय सुधार हुन सकेको छैन । अहिले पनि प्रतिएक लाखमा १९० मातृमृत्युदर छ ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *