स्थानीयस्तरमा स्यानेटरी प्याड उत्पादनमा जोड


काठमाडौँ, २९ साउन । राष्ट्रियसभा बैठकको आजको विशेष समयमा बोल्दै सांसद दिलकुमारी रावलले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निः शुल्क वितरण गरिने स्यानेटरी प्याड स्थानीयस्तरमा उत्पादनमा ध्यान दिनुपर्ने बताएकी छन् ।

उनले मातृ मृत्युदर घटाउन राष्ट्रपति गर्भवती हवाई उद्धार कार्यक्रम प्रभावकारी भए पनि यसको कार्यविधि संशोधन गर्न आवश्यक रहेको बताइन । सो कार्यक्रमबाट हालसम्म ३२ गर्भवतीको उद्धार भएको छ । पछिल्लो समय नेपालको मातृ मृत्युदरमा उल्लेखनीय सुधार हुन सकेको छैन । अहिले पनि प्रतिएक लाखमा १९० मातृमृत्युदर छ ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *