आँखा परीक्षणबाट ६ सय ६३ विद्यार्थी लाभान्वित

60
Shares


दमौली, १९ साउन । रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिए ।

मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा तेस्रोपटक आँखा शिविर सञ्चालन गरिएको शर्माले बताए ।

आँखा जाँच कार्यक्रममा ४१ विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको र दुई जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । “आँखामा समस्या देखिएका विद्यार्थीलाई शल्यक्रियासहित आवश्यक पर्ने सबै खर्च क्लब र मनिपाल अस्पतालले व्यहोर्नेछ”, शर्माले भने । सो अवसरमा आँखामा समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि प्रदान गरिएको क्लबले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *