बुबाको स्मृतिमा स्वास्थ्य चौकीलाई जग्गादान

68
Shares

बर्दिवास २१ असार । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गरेका छन् ।।

स्व पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गरेको हो ।

मालपोत कार्यालय बर्दिवासमा साहले दानबकस गरेर स्वास्थ्य चौकीका नाउँमा दिएका जग्गाको जग्गा धनी पुर्जा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले शुक्रबार सञ्चारकर्मीबीच सार्वजनिक गरे ।

साविक किसाननगर गाविस–२ को चौलिखा बजारकै सो जग्गा हाल बर्दिवास नगरपालिका–६ नम्बर वडामा पर्छ । जग्गाको अहिलेको चलनचल्तीको मूल्य रु २० लाख पर्ने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताए । सो जग्गामा अब स्वास्थ्यचौकी भवन बनाइने नगरपालिकाले जनाएको छ ।

जनताको सहज स्वास्थ्य सेवासँग जोडेर आफूले स्व पिताको स्मृतिमा जग्गादान गरेको जग्गादाता साहले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *