नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखा गठन

100
Shares


गुल्मी १४ असार । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखा गठन भएको छ । केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा शुक्रबार तम्घासमा बसेको स्थानीय समुदायको भेलाले नवराज मरासिनीको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा केपी भण्डारी, सचिवमा कृष्णप्रसाद पाण्डे, कोषाध्यक्षमा भेषराज धु्रब पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा क्रमश अर्जुन भण्डारी, सन्तोष कुमार क्षेत्री, जनार्जन बिष्ट, राजु मरासिनी, बीरबहादुर कार्की रहेका छन् ।

नव गठित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष कर्माचार्यले सपथ गराएका थिए ।

शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा विशेष अतिथि बनेका जिल्ला अस्पतालका मेसु डा उत्तम पच्या, अतिथि जुवानन्द बेलवासे, दीपक राना लगायतले रक्तदानको आवश्यकता र महत्वको बारेमा बोलेका थिए । उनीहरुले नवगठित कार्यसमितिको सफलताको समेत कामना गरेका थिए ।

प्रमुख अतिथि बनेका कर्माचार्यले रक्तदान किन आवश्यक ? समिति गठन गर्नुको औचित्य लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *