हुम्ला : तीन दिनदेखि अस्पतालमा पानीको अभाव

84
Shares


हुम्ला, ११ असार । जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ ।

खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डाक्टर नवीन रोकायाले जानकारी दिए। उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले १५ मिनेटको बाटो भएर तल्लो बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था रहेको छ ।

डा रोकायाले अस्पताल जस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको बताए । अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएपछि खानेपानीे उपभोक्त समितिले मर्मत जारी राखे तापनि मर्मत हुन नसकेको उनले जानकारी दिए । पानीको अभाव हुँदा शल्यक्रियालगायत अन्य क्षेत्रमा समस्या हुँदै आएको उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *