च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने

116
Shares


पाल्पा, २ असार । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् ।

स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए। काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका ती रिामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरिरहेका सांसद रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको रु एक लाख ३० हजार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गृह मन्त्रालयबाट स्वीकृत गराएर उपलब्ध गराइएको बताए ।

उनले अस्पतालमा रहेका तीन बिरामीको पनि उपचार जारी रहेको र उनीहरुको खर्चको विवरण पछि आउने जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *