पुल दरबन्दीमा राख्न स्वास्थ्यले पठायो १२५ जना चिकित्सकको विवरण

4.2k
Shares

काठमाडौँ, १९ जेठ । स्वास्थ्य मन्त्रालयले आठौँ देखि एघारौँ तहसम्मका १२५ जना चिकित्सकलाई पुल दरबन्दीमा राख्ने कार्य अघि बढाएको छ ।

सरकारी चिकित्सक संग गत १५ बैशाखमा भएको अनौपचारिक सहमति अनुसार मन्त्रालयले ती चिकित्सकलाई पुल दरबन्दीमा राख्ने कार्य अघि बढाएको हो ।

‘आठौँ तहका ४० जना नवौँ र दशौँ तहका ८० जना र एघारौँ तहका ५ जना गरी १२५ जना चिकित्सकको विवरण आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जाँदैछ,’ स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले भने, ‘अब यसपछि सामान्यले मन्त्रिपरिषदमा पठाउँछ र त्यहाँबाट निर्णय भएपछि बल्ल कार्यान्वयनमा आउने हो ।’

चिकित्सकलाई समायोजन गर्दा संघ अन्तरगर्त राखिनुपर्ने भन्दै उत्रिएको सरकारी चिकित्सक संघ र मन्त्रालयबीच यसअघि प्रदेश तथा स्थानीय तहमा खटाइएका चिकित्सकलाई पुल दरबन्दीमा राखेर व्यवस्थापन गर्ने भन्ने अनौपचारिक सहमति भएको थियो । सो सहमतिमा सामान्य प्रशासन मन्त्रालय समेत राजी भएको थियो ।

तर, स्वास्थ्यबाट ती चिकित्सकको विवरण गइसकेको थिएन । बिबरण नजादा समायोजनको प्रक्रियामा ढिलाई भइरहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *