प्रत्यारोपण केन्द्रको स्थायी प्रक्रिया स्थगित नहुने

3.4k
Shares

काठमाडौँ, ३ जेठ । लोक सेवा आयोगले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि जारी स्थायी पदपूर्तिको कार्यक्रम स्थगित नगर्ने बताएको छ । एक जना नर्सको जीवन रक्षाका लागि भन्दै केन्द्रले बिहीबार आयोगसमक्ष गत १३ बैशाख देखि जारी स्थायी प्रक्रिया स्थगित गर्न पत्र पठाएको थियो ।

सोही विषयमा छलफल गर्न आयोगले आज केन्द्र र नर्सिङ संघका पदाधिकारीलाई बोलाएको थियो । ‘यो संवैधानिक आयोगको कुरा हो । देशमा ठुलो घटना वा विपत्ती नहुँदासम्म जारी प्रक्रिया रोक्न मिल्दैन,’ आयोगका एक जना सदस्यले भने,  ‘हामीले सोही अनुसार नर्सिङ संघ र प्रत्यारोपण केन्द्रका पदाधिकारीहरुलाई जानकारी गराएका छौँ ।’

यसैबीच नर्सहरुको आन्दोलन र प्रत्यारोपण केन्द्रको सेवामा परेको असरबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले सर्वदलीय बैठक बोलाएको छ । अहिले स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्रत्यारोपण केन्द्र प्रशासन प्रतिनिधि सहित सर्बदलीय बैठक बसेको हो ।

यता पछिल्लो प्रत्यारोपण केन्द्रको नर्सहरुको आन्दोलन, लोकसेवा आयोगसंगको छलफल पछि विकसित घटनाक्रमलाई कसरी लिने भन्ने विषयमा छलफल गर्न नेपाल नर्सिङ संघको पदाधिकारी बैठक लाजिम्पाटमा बसिरहेको छ ।

यसअघि आजै प्रत्यारोपण केन्द्रको सेवा अवरुद्ध गर्न थालेको भन्दै ११ जना नर्सलाई प्रहरीले पक्रेको थियो । नर्सहरुले विहानै देखि प्रत्यारोपण केन्द्रको च्यानल गेटमा धर्ना दिएर सेवा अवरुद्ध गर्न खोजेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *